बहसमा वैकल्पिक राजनीति - २ : विकल्पकाे आधारस्तम्भ


मनिकर कार्की निवर्तमान
भर्खरै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कम्तीमा राष्ट्रिय पार्टी बन्ने लक्ष्य लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका दुई वैकल्पिक शक्तिहरुले चुनावी लक्ष्य हासिल गर्न सकेनन् । तथापि चुनावी प्रतिस्पर्धामा दुई पार्टीको उपस्थिति र आम नागरिकले दुई वैकल्पिक शक्तिलाई दिएको मतलाई हेर्दा नेपालमा वैकल्पिक राजनीतिका लागि प्रशस्त संभावना रहेको आंकलन गर्न सकिन्छ ।

बहसमा वैकल्पिक राजनीति: विकल्प निर्माणको प्रश्न


मनिकर कार्की निवर्तमान
मुलुकमा नयाँ संविधानले व्यवस्था गरे अनुसारको पुनःसंरचित राज्य प्रणाली अन्तर्गत स्थानीय, प्रदेश र संघीय तह गरी तीनवटै शासकीय तहहरुको निर्वाचन सम्पन्न भएको छ । गत वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचन र भर्खरै मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मतपरिणाम पनि सार्वजनिक भइसकेको छ ।

अब युवा जागौं


मनिकर कार्की “निवर्तमान”
अहिले मुलुक निर्वाचनमय बनेको छ । गत मंसिर १० गते पहिलो चरणका ३२ हिमाली तथा उच्च पहाडी जिल्लाहरुमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भइसकेको छ भने बाँकी जिल्लाहरुमा आगामी मंसिर २१ गते निर्वाचत हुन गइरहेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरुले चुनावी प्रचारलाई तीव्र बनाएका छन् ।

कार्यकर्ता बन्ने कि नागरिक ?

मनिकर कार्की निवर्तमान
‘हामी कसैका होइनौं, कोही हाम्रा होइनन् । हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रो ।’ –रुपचन्द्र विष्ट
‘थाहा आन्दोलन’का प्रणेता रुपचन्द्र विष्टको यो भनाइले किनै महत्वपूर्ण अर्थ राखेको छ । मुलुकमा दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आम नागरिकले खेल्नु पर्ने भूमिका र सचेतनाकै वरिपरी रहेर रुपचन्द्रको उक्तिलाई एकपटक नियाल्ने हो भने एउटा गम्भीर प्रश्न खडा हुन्छ, हामी आम जनता कुनै अमूक दलको कार्यकर्ता बन्ने कि एक सचेत नागरिक ? रुपचन्द्र विष्ट जो नेपालको प्रगतिशील राजनीतिक आन्दोलनका एकल अभियन्ता थिए, उनलाई अहिले कुनै अमूक पार्टीले अगुवाको दलील पेश गर्ला नै तर, उनले आफ्नो जीवन कालमा जे गरे, जे बोले र जसरी आफ्नो जीवन गुजारे, उनले जीवनभर कुनै पार्टीको वकालत गरेनन् । उनी कुनै अमूक पार्टीको नेता कहलिएनन् । उनी एक सक्रिय सामाजिक एवं राजनीतिक अभियन्ताको रुपमा चित्रित भए । हो, उनी एक सचेत नागरिक अभियन्ता थिए जसले आफ्नो जीवनकालमा ‘निष्पक्ष सक्रियता’को अभ्यास गरे ।

मलाई भोट किन ?


मनिकर कार्की
प्रतिनिधिसभा सदस्य उम्मेदवार
रुपन्देही क्षेत्र नं. २
नयाँ शक्ति पार्टी, नेपाल

पहिलो कुरा यो देशमा आएको राजनीतिक व्यवस्था परिवर्तनपछि राजनीतिको गन्तव्य बदलिएको छ । नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक गन्तव्यमा पुग्नका लागि आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि विकास, समृद्धि र प्रगतिको एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु । त्यसैले विकास, समृद्धि र प्रगतिको नयाँ गन्तव्यमा पुग्नका लागि र आम नागरिकको विद्यमान अवस्था बदल्नको लागि आम मतदाताले मलाई भोट दिने ।

'राजनीतिलाई सुधार्न' भन्दै चुनावमा उत्रिएका रुपन्देहीका युवा उम्मेदवार


एक वर्षअघि बुटवलको एक लघुवित्तमा सिइओको जागिर गर्दै थिए मनिकर कार्की। रामेछापको मन्थलीमा जन्मिएर अध्ययनको शिलशिलामा काठमाडौं पसेका उनी अध्ययन र रोजगारीका लागि बुटवल आइपुगे। 

'नागरिक अाफ्ना दु:ख र समस्या हटेकाे हेर्न अाँतुर छन्'


मनिकर कार्की
प्रतिनिधिसभा सदस्य उम्मेदवार
रुपन्देही क्षेत्र नं. २
नयाँ शक्ति पार्टी, नेपाल

'आम नागरिकको अभिमत परिवर्तन, विकास र समृद्धिकै दिशातर्फ छ'

एक दसकदेखि सक्रिय रुपले पत्रकारिता तथा लेखनमा संलग्न अनि पेशागत रुपमा विश्वविद्यालय क्याम्पसमा प्राध्यापनदेखि बैंकिंग तथा लघुवित्त वित्तीय संस्थाहरुमा पनि काम गरेको अनुभव संगालेका ३२ वर्षीय युवा हुन् मनिकर कार्की । उनी अहिले सबै पेशागत जिम्मेवारी छाडेर राजनीतिमा होमिएका छन् । आम नागरिकको अवस्था बदल्ने उद्देश्यले राजनीतिमा लागेको बताउने उनै कार्की अहिले नयाँ शक्ति पार्टीको तर्फबाट रुपन्देही क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका छन् । उनीसँग राजनीतिक यात्रा अनि चुनावी सन्दर्भमा रामजी ज्ञवालीले गरेको कुराकानी ।

बीपीको ‘वामपन्थी’ यात्रा


मनिकर कार्की निवर्तमान
वामपन्थी राजनीति अर्थात लेफ्ट विङ्ग पोलिटिक्स, अहिले नेपालको राजनीतिमा निकै चर्चित पदावली बनेको छ । खासगरी दुई कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त चुनावी गठबन्धनलाई ‘वाम गठबन्धन’को रुपमा व्याख्या गरिएसँगै समाजमा वामपन्थी राजनीतिप्रति अलिक बढी नै चासो देखिन गएको छ । दुई कम्युनिष्ट पार्टीहरुले घोषित पार्टी एकताको लक्ष्यसहित गरेको चुनावी एकता कहिलेसम्म जारी रहन्छ ? त्यो त चुनावी परिणाम र त्यसपछिको शक्ति सन्तुलनको अवस्थाले नै निर्धारण गर्नेछ ।

मेरो परिचय एवं प्रतिबद्धता


१. हाम्रो सोंच

मूलतः २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएसँगै राजनीतिक रुपले एउटा रणनीतिक फड्को मारेको विश्लेषण गर्दै ‘निकासका लागि विकास’ भन्ने मूल सिद्धान्तसहित आर्थिक विकास र समृद्धिको एजेण्डालाई राजनीतिको केन्द्रीय मुद्दा बनाएर देशलाई समुन्नत बनाउने घोषित लक्ष्य पूरा गर्न नयाँ शक्ति पार्टी, नेपालको उदय भएको हो । 

अबको वैकल्पिक कार्यदिशा


मनिकर कार्की निवर्तमान
लोकतन्त्रमा राजनीतिक दलहरु जन्मिनु स्वभाविक हो । अनि लोकतन्त्रमा राजनीतिक दलको लागि सबैभन्दा ठूलो पर्व चुनाव नै हो । चुनावमा श्रेष्ठता हासिल गर्नका लागि दलहरुले अनेक कसरत गर्दछन् । यद्यपि त्यस्ता क्रियाकलापले कस्तो राजनीतिक संस्कार निर्माण गरिरहेको छ भन्ने प्रश्न चाहिं महत्वपूर्ण हुन जान्छ । चुनावमा दलहरुबीच हुने ‘प्रि–इलेक्सन एलायन्स’ चुनावी विजयी हासिल गर्ने जमर्को हो । यो तत्कालीन र वस्तुगत आवश्यकता हो । तर, पार्टी एकताको कुरा भने अलि बढी दीर्घकालीन हुन्छ ।

समृद्धिका लागि युवा सक्रियता


मनिकर कार्की निवर्तमान
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएसँगै हामीले राजनीतिक परिवर्तनको एउटा चरण पूरा गरिसकेका छौं । अब अहिले प्राप्त राजनीतिक उपलब्धिहरुलाई विकास र समृद्धिमार्फत संस्थागत गर्नु नै अबको कार्यभार हो । राजनीतिक परिवर्तनको बेला हामी विभिन्न वाद, विचार र पार्टीहरुमा संगठित भयौं, जुन स्वभाविक पनि थियो । तर, त्यो श्रृंखलाले एउटा उपलब्धि हासिल भइसकेपछि अब समृद्धिका लागि सहकार्य आवश्यक छ । मन साँघुरो बनाएर हामी समृद्धिसम्म पुग्न सक्दैनौं । यसर्थ, हामी विकास र समृद्धिका लागि छाती चौडा बनाएर सहकार्यको फराकिलो राजमार्ग बनाउनु आजको आवश्यकता हो ।

‘वायुपंखी’ वाम गठबन्धन


मनिकर कार्की निवर्तमान
एउटा लोक कथामा बाल नायक निकै बिरामी पर्छ । नायक निद्राको तन्द्रामा विचरण गर्दैगर्दा एउटी राजकुमारी वायुपंखी घोडामा टुप्लुक्क आइपुग्छे । नायकको छेउमा बस्छे र बिरामी नायकलाई ढाडस दिन्छे । मीठामीठा कुरा गर्छे । उनीहरु साथीभाइका कुरा गर्छन् । घोडचढीका कुरा गर्छन् । खेलौनाका कुरा गर्छन् । सपनाका कुरा गर्छन् । दुवैले आपसमा अंकमाल गर्छन्, अनि नायिका त्यही वायुपंखी घोडा चढेर फर्किन्छे । यता, बिरामीले थल्लिएको बाल नायक एक्कासी निद्राबाट ब्युँझिन्छ अनि स्वप्निल रोमान्टिसिज्मबाट एकाएक तीतो यथार्थमा फर्किन पुग्छ । र, आफ्ना धरातलीय यथार्थताको महशुस गर्छ ।

प्रश्नहरुको माङ्गेना


मनिकर कार्की निवर्तमान
‘प्रश्नको अभाव भोकको अभाव जस्तै हो’ । लेखक एवं विश्लेषक युग पाठकको पछिल्लो पुस्तक माङ्गेना ः नेपाल मन्थन पुस्तकको सुरुवाती वाक्यांश हो यो । यही वाक्यांशले पुस्तकको सारतत्व खिच्ने काम गरेको छ । ‘प्रश्न’ हरेक नवीन आविश्कारको जननी हो । यो जीवन र जगतको रहस्य खोतल्ने एक मात्र हतियार प्रश्न हो । यदि कसैले प्रश्न गर्दैनथ्यो भने मानव जातिले यो ब्रम्हाण्डमा यस किसिमको कायाकल्प गर्ने थिएन । विश्व विख्यात ठूलाठूला वैज्ञानिक तथा दार्शनिकहरुले आफूमा प्रश्नको भोक जगाए र त्यो भोक मेटाउने उपक्रममा नै अनेकन यन्त्र, सिद्धान्त अनि दर्शनको विकास भयो । यसर्थ, यो आधुनिक ब्रम्हाण्डीय संरचनाको भौतिक निर्माणको पछाडि प्रश्नको भोक नै मुख्य देखिन्छ ।

अबको विकल्प प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति


मनिकर कार्की “निवर्तमान”
दुई साताअघि नयाँ शक्ति पार्टीले काठमाडौंमा राजनीतिक स्थायित्व र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको आवश्यकताका बारेमा एउटा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो । अन्तरक्रिया कार्यक्रममा सबैजसो ठूला पार्टीका नेताहरु, सामाजिक अभियन्ता, बुद्धिजीवी, पेशाकर्मी, लेखक तथा पत्रकारले हामीले अब किन संसदीय प्रणालीलाई परिवर्तन गर्नुपर्छ ? किन यो देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक छ ? भन्ने विषयमा विचारोत्तेजक धारणाहरु राखे ।

औपचारिकतामै सीमित युवा दिवस


मनिकर कार्की “निवर्तमान”
केही दिन अघि गत अगस्ट १२ तारिख ‘गरिबी उन्मुलनमा युवा प्रतिबद्धताः उत्पादन र उपभोगमा आत्मनिर्भरता’ भन्ने नाराका साथ सरकारले अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न औपचारिक कार्यक्रम सम्पन्न गरी मनाएको छ । अघिल्लो वर्षमात्र गठित राष्ट्रिय युवा परिषद्को अगुवाईमा विभिन्न झाँकीसहितको र्याली, प्रवचन अनि युवा व्यक्तित्व सम्मानका साथ नेपालमा पनि युवा दिवस मनाइयो । विगत केही वर्षदेखि नेपालमा पनि सुरु भएको अन्तर्राष्ट्रिय युवा दिवस मनाउने तरिका भने उही पारम्परिक खालकै छ ।

साझा विवेकशीलको ‘नैतिकता’मा अल्झिएको समृद्धि


मनिकर कार्की निवर्तमान
जारी स्थानीय तह दोस्रो चरणको निर्वाचन सकिए लगत्तै बजारमा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकीकरणको खुब चर्चा पायो तर, त्यो विगतमा जस्तै यसपटक पनि टुंगोमा पुग्न सकेन । नयाँ शक्ति र समाजवादी फोरमका एकीकरण वार्ता टुट्दै गर्दा अर्का दुई वैकल्पिक शक्ति साझा पार्टी र विवेकशील नेपाली दलले भने पार्टी एकीकरणको घोषणासभा सम्पन्न गरे । एउटा वैकल्पिक शक्तिले आन्तरिक पार्टी जीवनलाई चुस्त बनाउन सांगठनिक पुनःसंरचनाको घनीभूत बहस गर्दैगर्दा केही सय मिटरको दूरीमा अर्का दुई वैकल्पिक शक्तिले एकताको घोषणा गरे । संभवतः आफूलाई वैकल्पिक शक्तिको रुपमा सगर्व उभ्याएको नयाँ शक्तिको पुरानै ठानिएको संघीय समाजवादी फोरमसँगको एकीकरणको ‘वैकल्पिक टाइटल’ खोस्नकै लागि साझा र विवेकशीलले फास्ट ट्रयाक एकीकरण गरेका होलान् ।

यसरी बन्छ नयाँ शक्ति


मनिकर कार्की निवर्तमान
अहिले नयाँ शक्ति पार्टीमा आन्तरिक पुनःसंरचनाको बहस चर्किएसँगै संघीय समाजवादी फोरमसँग एकताको प्रसंगले पनि प्रशस्त मात्रामा बजार चर्चा पाएको छ । उता पार्टी एकता गर्ने कसरतका साथै पार्टीका संयोजक डा. बाबुराम भट्टराई पार्टीलाई नयाँ स्वरुपमा पुनःसंरचना गर्नकै लागि भन्दै बृहत्तर सल्लाह सुझाव संकलन गरिरहनुभएको छ । उहाँले सबै तह र तप्काका नेता, कार्यकर्ता, स्वतन्त्र सामाजिक अभियन्तासम्मबाट सुझाव संकलन गरिरहनुभएको छ ।

फूल र जीवन

जो कोहीलाई फूलको सुगन्ध अनि सुन्दरता मन पर्छ नै । फूल सुगन्धित अनि आकर्षक हुन्छ । त्यसैले संसारमा फूललाई माया र प्रेमसँग तुलना गरिन्छ, शायद । यिनै फूलका बारेमा अनेकन साहित्य सिर्जनाहरु भएका छन् अनि अझै पनि हुनेछन् । फूललाई जीवनको सुख अनि काँडालाई दुःखसँग तुलना गरिन्छ । अनि सबैले काँडालाई फाल्न खोज्छन्, तिरस्कार गर्छन् । तर, जीवन न त फूलैफूलको बहार हो न त काँडैकाँडाको कहार । फूल र काँडालाई विपरित प्रवर्ग जसरी व्याख्या गरिए पनि यिनीहरु आपसमा अन्तरसम्बन्धित र अन्योन्याश्रित हुन्छन् । जसरी जीवनमा सुख र दुःख अन्तरसम्बन्धित पक्ष हुन् ।


समृद्धिका सूत्रहरु


डा. केशवमान शाक्य
मनिकर कार्की
अहिले देश राजनीतिक रुपान्तरणको एउटा प्रक्रियाको उत्कर्षमा छ । निरंकुश राजतन्त्रको अन्त्यसँगै देशमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वसहितको लोकतन्त्रको उदय भइसकेको छ भने संघीय स्वरुपमा पुनःसंरचित स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनसमेत सम्पन्न भइसकेको छ । यो निर्वाचनले संविधानतः पुनःसंरचित राज्यको स्थानीय तहमा आर्थिक तथा राजनीतिक अधिकारको निक्षेपण गर्नेछ ।

विकल्प निर्माणका लागि मानसिकता बदलौं


निवर्तमान
विश्व राजनीतिक रंगमञ्चका केही पछिल्ला चुनावी परिघटना नियालौं । सन् २०१७ को मे महिनाको पहिलो साता फ्रान्समा भएको राष्ट्रपतीय निर्वाचनमा ३९ वर्षीय इम्यानुअल म्याक्रोन राष्ट्रपति पदमा विजयी भए । उनी फ्रान्सका सबैभन्दा कान्छो उमेरका राष्ट्रपति बनेका छन् ।

मधेश राजनीतिः दृष्य र दृष्टिकोण

मनिकर कार्की निवर्तमान

सरकारले पछिल्लो पटक आगामी असार १४ गतेका लागि तोकेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि जनस्तरमा सक्रियता बढ्दै गर्दा ६ दल मिलेर बनेको तराई मधेशकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) ले आन्दोलनको घोषणा गरेसँगै तोकिएकै मितिमा चुनाव हुनेमा केही आशंका थपिएको छ । चुनावको मुखैमा आएर चुनाव बिथोल्ने घोषणासहित राजपाले थालेको आन्दोलनले चुनावलाई मात्र होइन, मधेश अनि देशकै राजनीति अब कता जान्छ ? अनि यो असहजताकै बिच के चुनाव हुन्छ त ? अनि यसको समाधानमुखी निकास के हो ? प्रश्न स्वतः उब्जिन्छ ।

विकल्पका लागि ‘निष्पक्ष सक्रियता’

मनिकर कार्की ‘निवर्तमान’

गएको साता फ्रान्समा भएको राष्ट्रपतीय निर्वाचनमा वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्दै आएका इम्यानुअल म्याक्रोन अप्रत्यासित रुपमा निर्वाचित भएका छन् । उनको विजयीसँगै समग्र विश्वभर फेरि वैकल्पिक राजनीतिले चर्चा मात्र पाएको छैन परन्तु यसको अपरिहार्यता र बढ्दो आकर्षण पनि स्थापित हुनपुगेको छ ।

सात दशकको राजनीतिक चिरफार

'मान्छेलाई सूत्रमा बुझ्न सकिँदैन । त्यसैले राजनीतिलाई पनि सूत्रमा बुझ्नु भूल हो ।’
लेखक एवं विश्लेषक केशव दाहालको पुस्तक ‘नेपाली राजनीतिको पुनर्गठन’ बाट उद्धृत वाक्य हो । नेपाली राजनीतिक अभ्यासको सात दशकको सिंहावलोकन गर्दा यो तीतो यथार्थ पुष्टि हुन्छ । हामीलाई विगतमा राजनीति गणितमा बुझाइयो अनि जीवन सूत्रमा । त्यही सूत्रलाई पछ्याउँदै ‘आदर्श’को राजनीति चलिरह्यो ।
त्यही राजनीतिमा अहिले विकल्पको खोजी भइरहेको छ । हामीले अहिलेसम्म अवलम्बन गरेका राजनीतिक विधि र प्रक्रियाले देशको व्यवस्थामा परिवर्तन त भयो, तर त्यसले जनताको आर्थिक अवस्थामा कुनै प्रकारको फेरबदल ल्याउन सकेन ।

नयाँ शक्तिको ‘मधेश मिशन’

मनिकर कार्की निवर्तमान

नयाँ शक्ति पार्टीले केन्द्रीय अभियानको रुपमा गत चैत ९–१३ मा ‘मधेश मिशन’ सम्पन्न गर्यो । नयाँ शक्तिले हिमाल, पहाड, तराई÷मधेश राष्ट्रिय अभियानको नाम दिइएको उक्त अभियान अवधिमा तराई–मधेश–थरुहट क्षेत्रमा ६ वटा आमसभाहरु आयोजना गर्यो । अभियान पूर्व सिरहाको लाहानबाट सुरु भएर पश्चिम कैलालीको धनगढीसम्म पुगेर सम्पन्न भएको थियो ।

मोर्चा–सरकार सहमतिको सन्देश

मनिकर कार्की निवर्तमान
(तस्बिर साभार : इकान्तिपुर)

अन्ततः सरकार आन्दोलनरत मधेशी मोर्चालाई संविधान संशोधनलगायतका विषयमा सहमति गराई चुनावमा ल्याउन सफल भएको छ । वैशाख ९ गते साँझ सरकार र आन्दोलनरत मधेशी मोर्चा र संघीय गठबन्धनसँगको वार्ता तीन बुँदे सहमतिमा पुगेसँगै मोर्चा चुनावमा आउने भएको हो । मोर्चा सरकारबीच भएको सहमतिसँगै अब पूरै देश चुनावमा होमिने संकेत देखिएको छ । सरकार र मोर्चाबिचको सहमति अनुसार घोषित स्थानीय तह इकाइको चुनाव दुई चरणमा हुनेछ । ३१ गतेका लागि घोषित चुनावलाई पहिलो चरणको रुपमा व्याख्या गर्दै तोकिएकै मितिमा हुने र अर्को चुनावको मिति सरकारले निर्वाचन आयोगसँगको परामर्शमा तोक्नेछ । 

नयाँ शक्तिको मधेश यात्रा

मनिकर कार्की निवर्तमान

 दृष्य १ (लाहान) 
सप्तरीका क्रियाशील पत्रकार मित्रले तर्क गरे, ‘मधेश आन्दोलनको मानसिकतामा छ । उनीहरुको बुझाईमा संविधानमा आफ्ना अधिकार कटौती गरिएको भन्ने छ, हामी राज्यबाट विभेदमा र उत्पीडनमा परेका छौं भन्ने मनोविज्ञान स्थानीय तहसम्म बलियो गरी गडेको छ । यो मनोविज्ञानलाई नभत्काउँदासम्म मधेश शान्त हुँदैन ।’

करिष्माको राजनीतिक ‘करिष्मा’

शब्द/तस्बिर : मनिकर कार्की

नयाँ शक्तिको हिमाल, पहाड, तराई–मधेश अभियान अन्तर्गत बर्दिवासमा सभा सुरु हुनै लाग्दा केही स्थानीयको जिज्ञासा थियो –‘यहाँ करिष्मा पनि आउने रे हो ?’ कार्यक्रममा अभिनेत्री करिष्मा मानन्धरको आगमनको कुनै सूचना नपाएको मैले भनिदिएँ – ‘होइन, आउने कुनै जानकारी छैन ।’

युवालाई युवाकाे प्रश्न

मनिकर कार्की ‘निवर्तमान’
स्केच: गुगल खाेजी








आजकल सामाजिक तथा राजनीतिक क्षेत्रमा युवा सहभागिताको प्रश्न निकै पेचिलो बन्दै गएको छ । मुलुकमा समावेशी र समानुपातिक प्रतिनिधित्वमूलक लोकतन्त्रको प्रसङ्ग चलिरहँदा राज्यका निकाय, सार्वजनिक तथा राजनीतिक सङ्गठनहरुमा पनि जनसाङ्ख्यिक रुपमा सहभागिताको प्रश्न उब्जिन थालेको छ ।

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...