दुब्लाउँदै गएको गणतन्त्र

मनिकर कार्की ‘निवर्तमान’





जेठ १५ गते गणतन्त्र दिवस आउँदैछ । यस वर्षहामी आठौं गणतन्त्र दिवस मनाउँदै छौं । संयोग नै मान्नर्ुपर्छ, मुलुकमा गणतन्त्र दिवस आउनै लाग्दा मैले भर्खरै मात्र पत्रकार प्रशान्त झाको 'ब्याटल अफ दि न्यू रिपब्लिक' पढेर सकंे । झाले आफ्नो पुस्तकमार्फ मुलुकमा निकै ठूलो राजनीतिक संर्घष्ासँगै धेरै परिवर्तन भएर गणतन्त्र आइपुग्दासम्म पनि सत्ताको संरचना बदलिन नसकेको तर्क पेश गरेका छन् । उनले पेश गरेका तथ्यहरुका आधारमा जबसम्म नेपाली सत्ताले संरचनागत रुपमा अवलम्बन गरेका गलत र एकांकी अवधारणाहरु बदलिंदैन, नेपाली समाजमा गणतन्त्रको सामाजिकीकरण हुन सक्दैन भन्ने निश्कर्षनिकाल्न सकिन्छ । 

प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै किन ?

मनिकर कार्की निवर्तमान
 
अहिले संविधान जारी भएको ८ महिना बितिसक्दा समेत संविधान कार्यान्वयनको चरणमा गरिनुपर्ने न्यूनतम् कामहरु हुन नसक्दा नयाँ संविधान समस्या समाधानको विकल्प भन्दा पनि थप समस्याको पोको सावित हुन पुगेको छ । अनि संविधान जारी गर्दाको सत्ताधारी दल नेपाली कांग्रेस संविधान घोषणा लगत्तै सरकार परिवर्तन भएसँगै प्रतिपक्षी बनेपछि झन् संविधान कार्यान्वयन, भूकम्पीय क्षतिको पुन:निर्माणको काम अनि अन्य आर्थिक रूपान्तरण र समृद्धिका लागि अवलम्बन गर्नुपर्ने राष्ट्रिय कार्यदिशा निर्माण हुन नसक्दा अहिले मुलुकको राजनीति नै स्ट्याग्नेशनको अवस्थामा पुगेको छ । न त पछाडि फर्कन मिल्ने न त अघि नै बढ्न सक्ने । हो, भन्नैपर्छ आम नेपाली जनताको अपेक्षा विपरीत नयाँ संविधान जारी भएसँगै मुलुकको राजनीतिक संक्रमण बहुआयामिक ढंगले अघि बढिरहेको भान हुँदैछ, अनि दैनन्दिनी आम जनसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ । 

सरकार ! कसरी भनूँ, सब ठीकठाक छ ?

इसमता डट कम मा प्रकाशित

सरकार ! कसरी भनूँ, सब ठीकठाक छ ?
लामो खडेरीका कारण जनजीवन असाध्यै कष्टकर बन्यो । यो वर्ष खडेरी र सुख्खाका कारण देशैभर तराई मधेसदेखि उच्च पहाडी भेकसम्म डढेलो र आगलागीका घटना निकै मात्रामा भए । देशका केही भूभागमा अघिल्लो साता भएको हल्का वर्षाले उखरमाउलो गर्मीमा केही राहत मिलेको भएता पनि लामो समयदेखिको खडेरीका कारण अझै पनि जताततै सुख्खा नै छ । लामो समयसम्म पानीको एक बुँदसम्म पनि खस्न नसक्दा जनजीवन अत्यन्तै कष्टकर बन्न पुगेको छ भने पानीको संकट आम रुपमा बढ्दै गएको छ । अनि यसै वर्ष आगलागीका घटनामा परी दश जनाभन्दा बढी मानिसले अनाहकमा ज्यान गुमाएका छन् भने कयौं गाउँ पूरै ध्वस्त भएका छन् अनि करोडौंको व्यक्तिगत धनमाल नष्ट भएको छ । आगलागीकै कारण हजारौं हेक्टर वन क्षेत्र सखाप भएको छ ।

वित्तीय पहुंच विस्तारमा लघुवित्त


लघुवित्तको उद्देश्य आर्थिक सशक्तिकरण नै हो

दैनिकपत्र दैनिकमा प्रकाशित

चौतारीको चिनारी
चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत मिति: २०७१ चैत ९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भई मिति: २०७२ मंसिर ९ गते नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको रूपमा वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी मिति: २०७२ पुस १९ गतेबाट वित्तीय कारोबार सुरु गरेको लघुवित्त वित्तीय संस्था हो । बुटवल उपमहानगरपालिका, वडा नं. ८, बुद्धपथमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड १० जिल्ला कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको संस्था हो । नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड अहिलेसम्मकै कान्छो लघुवित्त वित्तीय संस्था हो ।

घरदैलोमै पुगेर सेवा दिएका छौँ

नयाँ पत्रिकामा प्रकाशित अन्तरवार्ता

गत पुसदेखि सेवा सुरु गरेको संस्थाको अहिलेसम्म वित्तीय अवस्था कस्तो छ ? 
बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त सञ्चालनमा आएका लघुवित्त वित्तीय संस्थामध्ये सबैभन्दा कान्छो लघुवित्त कम्पनी हो । १० जिल्ला कार्यक्षेत्र बनाएर कारोबार गरिरहेको चौतारी लघुवित्तको चुक्ता पुँजी २ करोड १० लाख रुपैयाँ छ । ५ बैंक तथा वित्तीय संस्था र १ सय ४५ व्यक्तिबाट प्रवद्र्धित संस्थाले ६ शाखामार्फत कारोबार गरिरहेको छ । हालसम्म ६ करोड कर्जा लगानी गरिसकेको छ । लघुवित्त संस्थाको उद्देश्यअनुसार गाउँघरका गरिब र विपन्न परिवारलाई विनाधितो सामूहिक जमानीका आधारमा कर्जा प्रवाह गरी उनीहरूलाई आर्थिक रूपले सक्षम बनाउने काम गरिरहेका छौँ । 

'अब लघुवित्त सेवालाई विविधिकरण गर्न जरुरी छ'

आर्थिक दैनिकमा प्रकाशित अन्तरवार्ता

२०४२ सालमा रामेछाप जिल्लाको चनखु गाविसमा जन्मिएर बुटवललाई कर्मथलो बनाइ काम गरिरहेका एक युवाको नाम हो मनिकर कार्की । उनी झण्डै विगत एक दसकदेखि बुटवलमा कार्यरत छन् । बुटवलबाटै आफ्नो जीवनको क्यारियर सुरु भएको बताउने उनी २०६३ सालमा काठमाण्डूबाट बुटवल झरेका रहेछन् । एक वित्त कम्पनीमा जागिर खान बुटवल झरेका ३१ वषिर्य कार्की हाल भर्खरै संचालनमा आएको बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् । संभवतः उनी वित्तीय संस्थाका सबैभन्दा कान्छा सिइओ पनि हुन् । त्यसो त बुटवलमा कार्कीको अर्को पनि पहिचान छ, उनी झण्डै एक दसकदेखि नै मिडियामा पनि क्रियाशील छन् । उनी एक कुशल मिडिया व्यवस्थापकको रुपमा पनि परिचित छन् भने उनीसँग प्राध्यापनको पनि अनुभव छ । उनी अझै पनि बुटवलबाट प्रकाशित हुने दैनिकपत्र दैनिकमा नियमित स्तम्भ लेख्छन् । विशेषगरी अर्थराजनीतिक विषयमा कलम चलाउ उनका लेख रचनाहरु विभिन्न राष्ट्रिय दैनिक तथा अनलाईन पत्रिकाहरुमा पनि पढ्न सकिन्छ । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका कार्कीको वैकल्पिक अर्थतन्त्र नामको पुस्तक पनि प्रकाशित भइसकेको छ । उनै लेखक तथा हाल चौतारी लघुवित्तका कार्यकारी प्रमुखको रुपमा कार्यरत कार्कीसँग पोषकान्त पोखरलेले लघुवित्तको अवस्था र चौतारी लघुवित्तको बारेमा गरिएको कुराकानी ।

थिन्लेको सपना

मनिकर कार्की 'निवर्तमान'
गएको साता संचार माध्यमहरुमा एउटा तस्बिर र्सार्वजनिक भयो । अखबारदेखि टेलिभिजनका पर्दाहरुमा पनि त्यही तस्बिर देखियो । हो, त्यो तस्बिर थियो उच्च हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैबाट हिंडेर सातदिन लाग्ने साल्दाङ गाउँमा जन्मिएका थिन्ले लोन्डुप लामाको । अर्थात, विश्वकै प्रसिद्ध चलचित्र एवार्ड ओस्कार एवार्डको उत्कृष्ट विदेशी भाषा विधा अर्न्तर्गत उत्कृष्ट पाँच चलचित्रमा मनोनित फ्रान्सेली निर्देशक एरिक भ्यालीको निर्देशनमा बनेको नेपाली परिवेशको हिमालयन क्याराभान चलचित्रका नायक, टिन्ले अर्थात्, थिन्ले लोन्डुप लामा ।

समाचारमा जनाइए अनुसार डोल्पाको सदरमुकामबाट आफ्नो गाउँ जाँदैगर्दा घोडाबाट लडेर उनको मृत्यु भएको हो । उनको निधन भएसँगै संचार माध्यमहरुमा थिन्लेको त्यही तस्बिर जुन क्याराभान ओस्कारमा मनोनित भएपछि विश्वभर फैलिएको थियो, त्यही तस्बिर र्सार्वजनिक भयो । अनि त्यो तस्बिर हर्ेर्दैगर्दा एकाएक तस्बिरले तान्यो र उनको बारेमा केही खोज्न बाध्य बनायो । त्यसो त म आफू सिनेमासँग सम्बन्धित मान्छे पनि होइन र मेरो खासै सिनेमा हर्ेर्ने बानी पनि छैन । चाहे हिन्दी, अंग्रेजी वा नेपाली नै किन नहोस् म खासै सिनेमा हर्ेर्दिन । यसो आक्कलझुक्कल कथा र विषयवस्तुले तान्यो भने मात्रै हो सिनेमा हर्ेर्ने । यसअघि हिमाल आरोहणसँग सम्बन्धित सिनेमा एभरेष्ट हेरेको थिएँ । खासमा भन्नु पर्दा थिन्ले अभिनित हिमालयन क्याराभान जुनपछि क्याराभानको नामले चर्चित बन्यो मैले हेरेको पनि थिइंन । यसो अखबारहरुमा आएको समीक्षा र चलचित्रको परिवेशको बारेमा केही पढेको मात्रै हो । त्यसैका आधारमा थिन्लेको बिम्ब बनेको थियो ।

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...