कस्तो विकास, कस्तो अर्थतन्त्र


मनिकर कार्की निवर्तमान
सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो। विकास निरन्तर प्रक्रिया हो, जसले कुनै पनि एकाइको आर्थिक, भौतिक, वातावरणीय तथा सामाजिक अवयवहरूमा सकारात्मक परिवर्तन सिर्जना गर्छ। जब हामी आर्थिक विकासको कुरा गर्छौं, त्यसले प्रचुर मात्रामा उत्पादन र आर्थिक वृद्धिदर बढेको अवस्थालाई इंगित गर्छ। विकासको मुख्य उद्देश्य स्थानीयस्तरमा मानिसको आय स्रोत बढाउने, उनीहरूको दैनिकी बदल्ने तथा जीवनस्तर गुणस्तरीय बनाउने हो।

उफ दुई तिहाई !

(स्केच साभार ः nepalitimes.com)
मनिकर कार्की निवर्तमान
सबैलाई थाहा छ – अहिले देशमा दुईतिहाई बहुमतको सरकार छ । तर, सरकार दुई तिहाई बहुमतको हुँदैमा नागरिकले पनि दुई तिहाई सुख पाउने होइनरहेछ । सबै असल र राम्रा चिजहरुको पनि दुई तिहाई संग्रह हुने होइनरहेछ । दुई तिहाई विवेक र दुई तिहाई बुद्धि पलाउने होइनरहेछ । जनतामा दुई तिहाई हाँसो र दुई तिहाई खुसी आउने होइनरहेछ । दुई तिहाई सरकारले विकास र समृद्धिका बडेबडे गफ गरिरहँदा हाम्रै वर्तमानले भने गिज्याइरहेको भान हुन्छ ।

सडकमुखी समृद्धि


मनिकर कार्की निवर्तमान
आजकल देशैभरी डोजर चलेको देखिन्छ । हिउँद बर्खा नभनी बुल डोजरहरु यत्रतत्र चलिरहेका छन् । विकासका लागि । समृद्धिका लागि । सडक निर्माणका लागि । ठीकै हो – सडक गाउँलाई सहरसँग जोड्ने आधार हो । भरपर्दो सडक नहुँदासम्म आवागमन सहज हुँदैन । आवागमन सहज नहुँदा बजार हुँदैन । बजार नहुँदा उत्पादन र व्यापार हुँदैन । अनि यो बिना समृद्धिको परिकल्पना पनि गर्न सकिंदैन । डा. हर्क गुरुङको शब्द सापटी लिने हो भने – ‘सडकले बजार ल्याउँछ, बजारले हजार’ अर्थात् समृद्धि भनौं । त्यसैले सायद अहिले स्थानीय तहहरु सकेसम्म भएको बजेट सडकमै खर्च गरिरहेका छन् । सडकलाई नै गाउँको विकासको पहिलो र अनिवार्य आधार बनाइँदैछ ।

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...