'राजनीतिलाई सुधार्न' भन्दै चुनावमा उत्रिएका रुपन्देहीका युवा उम्मेदवार


एक वर्षअघि बुटवलको एक लघुवित्तमा सिइओको जागिर गर्दै थिए मनिकर कार्की। रामेछापको मन्थलीमा जन्मिएर अध्ययनको शिलशिलामा काठमाडौं पसेका उनी अध्ययन र रोजगारीका लागि बुटवल आइपुगे। 


बुटवलमा बैंकको जागिर, कलेजमा प्राध्यापन, लघुवित्तमा सिइओ र एक सञ्चारमाध्यममा सिओओका रुपमा काम गर्दै गर्दा उनले नेपालको राजनीतिकै कारण धेरै कुराहरु अस्तव्यस्त रहेको बुझे। सबै नीतिहरुको नीति राजनीति नसुध्रिएसम्म नेपालको आर्थिक, सामाजिक परिवर्तन सम्भव छैन भन्ने चेत भएपछि उनी सबै छाडेर राजनीतिमा लागे।

‘जसले पनि राजनीति बिग्रियो र नेताहरु खत्तम भए भन्ने कुरा सुन्थेँ, तर कसैले म राजनीतिमा लागेर सुधार गर्छु भनेको सुनिन, भ्रष्टहरु झन् भ्रष्ट भएको, जेलनेल खाएको भन्दै क्षमताभन्दा बढी जिम्मेवारी पाएर छाडातन्त्र मौलाएको देखेँ, अनि म राजनीति सुधार्न भन्दै लागेँ,’ उनी भन्छन्।  झण्डै १ लाख रुपैयाँ तलब, अरु सुविधाहरुलाई त्यागेर मनिकर राजनीतिमा लाग्दै गर्दा नेपाली राजनीतिमा वैकल्पिक राजनीतिबारे बहस चलिरहेको थियो। 

डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी नेपाल गठन गरेको केही समयभित्रै उनी पार्टीको केन्द्रीय परिषद् सदस्यको रुपमा मनोनित भएर काम गर्न थाले।  ‘म खासगरी व्यवस्थापनको विद्यार्थी, त्यसमा पनि अर्थशास्त्रको विद्यार्थी र मिडिया क्षेत्रको अनुभवी भएकाले पार्टीको मिडिया र व्यवस्थापनको पाटोमा चासो राखेँ,’ उनी भन्छन्, ‘मलाई राजनीतिका बारेमा धेरै कुरा सिक्नु थियो, नेपालको शासनप्रणाली र यसको जनतासँगको सम्बन्धका बारेमा जान्न थियो, त्यसैले यतिका समय मैले खुला राजनीतिभन्दा पनि अध्ययनमूलक काममा धेरै बिताएँ, प्रतिनिधि सभाको चुनावमार्फत अब फिल्डमै आएको छु।’  

कार्की रुपन्देही क्षेत्र नंं. २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन्। मनोनयन दर्तापछि युवाहरुसँग छलफल र वैकल्पिक राजनीतिको बहसमा रहेका उनी नेपाली राजनीतिमा रहेको पुरानो शैली र परम्परालाई बदल्नुपर्छ भन्ने अभियानमा छन्। ‘हरेक कुरालाई नयाँ र समाज सुहाउँदो गरी गर्नुपर्छ भन्ने मान्यता राख्छु,’ उनी भन्छन्, ‘हामी अरु पार्टीले जस्तो तुल ब्यानर राख्ने, भित्ता रंग्याउने, माइकिङ गर्ने, गाडीका गाडी मानिसहरु ओसारेर सभाहरु गर्ने जस्ता अनावश्यक र भड्किला कार्यक्रमहरु गर्दैनौँ, बरु सूचना र प्रविधिको उच्चतम सदुपयोग गर्छौं।’ उनी भोट माग्न आफ्ना योजनाहरु भिडियो प्रदर्शन, मोबाइलसभा, मत हाल्न निम्तो कार्ड वितरणजस्ता नयाँ शैलीका काम गरेका छन्। 
Read more at: http://thahakhabar.com/news/26628

No comments:

Post a Comment

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...