मलाई भोट किन ?


मनिकर कार्की
प्रतिनिधिसभा सदस्य उम्मेदवार
रुपन्देही क्षेत्र नं. २
नयाँ शक्ति पार्टी, नेपाल

पहिलो कुरा यो देशमा आएको राजनीतिक व्यवस्था परिवर्तनपछि राजनीतिको गन्तव्य बदलिएको छ । नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक गन्तव्यमा पुग्नका लागि आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि विकास, समृद्धि र प्रगतिको एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु । त्यसैले विकास, समृद्धि र प्रगतिको नयाँ गन्तव्यमा पुग्नका लागि र आम नागरिकको विद्यमान अवस्था बदल्नको लागि आम मतदाताले मलाई भोट दिने ।


दोस्रो बदलिएको राजनीतिक गन्तव्यसहितको बदलिएको राजनीतिक कार्यभार पूरा गर्नका लागि अबको नयाँ युवा पुस्ता अग्रसर हुनुपर्छ । किनकि अबको राजनीतिक कार्यभार युवा पुस्ताले मात्र पूरा गर्न सक्छ । र मैले त्यही युवा पुस्ताको नेतृत्व गरेको छु, त्यसैले मलाई भोट दिने । त्यस्तै म विसंगतिपूर्ण बन्दै गएको राजनीति सफा गर्न र असल राजनीतिक संस्कार निर्माण गर्नकै लागि राजनीतिको मैदानमा उत्रिएको छु, त्यसैले असल राजनीतिका लागि मलाई मत दिने ।

म आम नागरिकको घरदैलोमा पुगेर मत माग्दै गर्दा निकै उत्साहित भएको छु र रमाइलो पनि लागिरहेको छ । हामीले अब युवापुस्ताले राजनीतिको बागडोर सम्हाल्नुपर्छ । यो देशलाई गरिबी र बेरोजगारीको चपेटोबाट मुक्त गर्नुपर्छ । यो देशमा रोजगार सिर्जना गरी विदेशिन बाध्य युवाहरुलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ भनेरै राजनीतिमा प्रवेश गरेको हुँ । म यिनै मुद्दाहरु लिएर चुनावी अभियानमा छु र नागरिकबाट पनि हाम्रा मुद्दाहरुलाई सहर्ष स्वीकार गरिएको छ । त्यसैले आम नागरिकले मलाई मत दिनुहुन्छ भन्नेमा म विश्वस्त छु ।

No comments:

Post a Comment

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...