नयाँ शक्तिको ‘मधेश मिशन’

मनिकर कार्की निवर्तमान

नयाँ शक्ति पार्टीले केन्द्रीय अभियानको रुपमा गत चैत ९–१३ मा ‘मधेश मिशन’ सम्पन्न गर्यो । नयाँ शक्तिले हिमाल, पहाड, तराई÷मधेश राष्ट्रिय अभियानको नाम दिइएको उक्त अभियान अवधिमा तराई–मधेश–थरुहट क्षेत्रमा ६ वटा आमसभाहरु आयोजना गर्यो । अभियान पूर्व सिरहाको लाहानबाट सुरु भएर पश्चिम कैलालीको धनगढीसम्म पुगेर सम्पन्न भएको थियो ।
गत फागुनको अन्तिम  साता दोस्रो ठूलो दल नेकपा एमालेले घोषित स्थानीय तह चुनावलाई लक्षित गर्दै मधेशकेन्द्रीत मेची–महाकाली अभियान संचालन गरेको थियो । एमालेले फागुन २१ गते झापाको काकडभिट्टामा आमसभाको आयोजना गरी अभियानको सुरु गरेको थियो । एमाले अध्यक्ष केपी ओलीले राष्ट्र, राष्ट्रियता, संविधान कार्यान्वयन, राष्ट्रिय एकता प्रवद्र्धन र सामाजिक न्यायको लागि एमाले प्रतिबद्ध रहेको भाषण गर्दै अभियानको उद्घाटन गरेका थिए । उनले भाषणकै क्रममा भने – ‘राष्ट्रघाती संविधान संविधान संशोधन पारित हुँदैन, हुन दिइन्न । त्यो काम संसद् र संसदीय प्रक्रियाबाटै असफल पारिन्छ ।’

एमाले अध्यक्षको भाषणबाटै प्रष्ट हुन्थ्यो कि एमालेको अभियानले मधेशमा केही असहज स्थिति पैदा गर्ने खतरा छ । अध्यक्ष ओलीकै बोलीमा लोली मिलाउँदै अभियान अवधिभर एमालेका जिम्मेवार नेताहरुले निरन्तर संविधान संशोधनको विरुद्धमा भाषणवाजी गरिरहे । यदि नेताहरुमा नैतिकता हुन्थ्यो भने उनीहरुले त्यसरी एकोहोरो रुपमा संविधान संशोधनविरोध भाषण गर्ने थिएनन् किनकि संविधान संशोधन संविधान जारी गर्दा जनाइएको प्रतिबद्धता पनि हो । सबै ठूला दलका शीर्ष नेताहरुले काठमाडौंको टुंडिखेलमा संविधान घोषणाको हर्षबढाईं गर्दैगर्दा संविधान संशोधन गरेर आन्दोलित समुदायका असन्तुष्टिहरुलाई समावेश गर्ने बताएका थिए ।
एमाले अध्यक्षको भाषणबाटै प्रष्ट हुन्थ्यो कि एमालेको अभियानले मधेशमा केही असहज स्थिति पैदा गर्ने खतरा छ । अध्यक्ष ओलीकै बोलीमा लोली मिलाउँदै अभियान अवधिभर एमालेका जिम्मेवार नेताहरुले निरन्तर संविधान संशोधनको विरुद्धमा भाषणवाजी गरिरहे ।
त्यसो त मधेशवादी दलहरुको मधेशी मोर्चा तथा अन्य मधेशवादी दलहरुले पनि एमालेको अभियानलाई केही समय रोक्नका लागि आग्रह गरेका थिए । फेरि यसो भन्दै गर्दा स्वतन्त्र रुपमा सभा र जुलुस गर्न पाउने दलको स्वतन्त्रतालाई कुण्ठित गर्नुपर्छ भन्ने किमार्थ होइन । तर, एमालेले अभियान संचालन गर्ने समय र लामोसमयदेखि आन्दोलित रहेको मधेश र मधेशी समुदायको मनोविज्ञानबीच तादम्यता नमिलेको पक्कै हो ।
जसै एमालेको अभियान सप्तरीमा पुग्यो एकाएक स्थिति भड्किन गयो । विरोधमा उत्रिएका मधेशी मोर्चाका नेता कार्यकर्ताहरुमाथि प्रहरीले बल प्रयोग गरी दमन गर्यो । परिणामतः प्रहरी दमनका कारण अनाहकमा ५ जना नागरिकको ज्यान गयो । उता निरन्तर प्रस्तावित संविधान संशोधनप्रति आक्रोश पोख्दै हिंडेको एमाले नेतृत्वले अभियानका क्रममा आफ्नो एकल जातीय अहंकारवाद प्रदर्शन गरिनै रह्यो । उसले एकल समुदायलक्षित राष्ट्रियताको प्रवद्र्धन गर्दै गयो । जसले गर्दा एमालेको अभियान मधेश विरोधी नश्लीय राष्ट्रवादको प्रतीक बन्न पुग्यो । सप्तरी घटनापछि प्रस्तावित प्रदेश नं. २ का अभियान अन्तर्गतका सबै घोषित कार्यक्रमहरु तीन दिनलाई स्थगित गरेर एमाले नेतृत्व काठमाडौं फर्कियो ।

र, फागुन २७ गतेबाट हेटौंडाबाट अभियान सुरु गर्यो । एमालेकै जिम्मेवार नेताहरुले अभियानका क्रममा जसरी भाषणवाजी गरे, उनीहरुले आफ्नो पार्टी बाहेक सबैलाई ‘गैरराष्ट्रवादी’ र ‘अनेपाली’ करार गर्न पुगे । झन् मधेशी समुदायका काला छाला भएका मानिसहरुलाई त ‘बिहारी’ तथा  ‘भारतीय’ नै ठोकुवा गरे । आफ्नो मेचीमहाकाली अभियानलाई नेपाल एकीकरणको भाग–२ घोषणा गरेको एमालेले अन्ततः एकल राष्ट्रवादको नारा उरालेर विखण्डनको बिउ रोप्न पुग्यो ।

त्यही विखण्डनको बिउलाई उखेल्दै नेपालको भौगोलिक, जातीय, भाषिक, सांस्कृतिक एवं सामुदायिक विविधता अनुसारको इन्द्रेणी राष्ट्रवादको प्रवद्र्धन गर्न भन्दै नयाँ शक्तिले हिमाल, पहाड, तराई–मधेश–थरुहट अभियानको सुरुवात गरेको नयाँ शक्ति पार्टीका नेताहरुले बताए । चैत ९ गते अभियानको उद्घाटन गर्दै सिरहाको लाहानमा आयोजित जनसभालाई सम्बोधन गर्दै नयाँ शक्तिका नेताहरुले हिमालदेखि तराई मधेशसम्म फैलिएको देशको भौगोलिकदेखि जातीय, भाषीक र सांस्कृतिक विविधतालाई एउटै मालामा उनेर इन्द्रेणी राष्ट्रवादको माला बनाउने उद्घोष गरे । उनीहरुले त्यही इन्द्रणी राष्ट्रियताले देशको आन्तरिक राष्ट्रियता मजबुद् बनाउने र त्यो नै मुलुकको समृद्धि र प्रगतिको आधार हुने पनि बताए ।
झन् मधेशी समुदायका काला छाला भएका मानिसहरुलाई त ‘बिहारी’ तथा  ‘भारतीय’ नै ठोकुवा गरे । आफ्नो मेचीमहाकाली अभियानलाई नेपाल एकीकरणको भाग–२ घोषणा गरेको एमालेले अन्ततः एकल राष्ट्रवादको नारा उरालेर विखण्डनको बिउ रोप्न पुग्यो । 
पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अहिले देशलाई तोड्न चाहने र जोड्न चाहने शक्तिहरुबीच संघर्ष चलिरहेकोले नयाँ शक्ति पार्टीले देशलाई जोड्न चाहेको बताउनुभयो । उहाँले देश जोड्नका लागि सबैलाई समान व्यवहार गर्नुपर्ने धारणा राख्नुभयो । इतिहासदेखि नै देशको निर्माण र रक्षा मधेशी समुदायहरुले नै गरेको तथ्य स्मरण गराउँदै मधेशी समुदायले विखण्डन होइन बरु देशको कार्यकारी प्रमुख बन्ने लक्ष्य राख्नुपर्नेमा उहाँको जोड थियो ।

लाहानको आमसभालाई नेताहरु रामचन्द्र झा, देवेन्द्र पौडेल, देवी प्रसाद ओझा, हिसिला यमी, केशव दाहाल, परशुराम खापुङ, महेन्द्र पासवानलगायतका नेताहरुले सम्बोधन गरेका थिए । नेताहरुले नेपालको भौगोलिक, जातीय, भाषीक एवं सांस्कृतिक विविधतालाई सम्मान गर्दै सबैलाई अटाउने साझा देश बनाउनुपर्नेमा जोड दिएका थिए । तराई मधेशको आन्दोलन कुनै समुदायविरुद्ध नभएको परन्तु राज्यसँग अधिकार माग्ने आन्दोलन भएकोले त्यो आन्दोलनमा सबैको समर्थन र ऐक्यबद्धता रहेको नेताहरुले बताए । नयाँ शक्तिले आयोजना गरेको आमसभाको उपस्थिति हेर्दा महिला तथा अल्पसंख्यक समुदायहरुको उपस्थिति उल्लेखनीय देखिन्थ्यो । यसबाट कम्तीमा मानिसहरुमा आफ्ना हक, अधिकारका विषयमा एक खालको जागरण पैदा भएको निश्कर्ष निकाल्न सकिन्थ्यो ।

१० गते महोत्तरीको बर्दिवासमा आमसभा सम्पन्न भयो । आम जनताको उल्लासमय सहभागितामा सम्पन्न आमसभालाई सम्बोधन गर्दै संयोजक भट्टराईले आफूलाई राष्ट्रघाती भन्नेहरुप्रति आक्रोश पोख्दै प्रश्न गर्नुभयो – ‘यो देश मेरा बाउबाजेले बनाएको हो, म राष्ट्रवादी हुँ, मेरो रगतमा, मेरो डिएनएमा राष्ट्रियता छ, म यो देशलाई बचाएर एकताबद्ध बनाएर राख्छु । म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु । तर, मलाई राष्ट्रघाती भन्नेहरुको डिएनए टेष्ट गर । तिमीहरुको राष्ट्रियता के हो ?’

बर्दिबासको आमसभालाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक रामचन्द्र झाले नयाँ शक्तिले तराई मधेशको विकास र जनताको अधिकारको अवस्था बुझ्दै मधेशयात्रा गरेको बताउनुभयो । उहाँले मधेशी जनता खस आर्यविरोधी नभएको टिप्पणी गर्दै यदि शासक वर्गले अहंकार प्रदर्शन गर्दै गयो भने मधेशी जनता विरोधमा उत्रिनु स्वभाविक रहेको बताउँदै देशमा सामुदायिक लडाईं भयो भने राजनीतिक रोटी सेकेर खान पाइन्छ भन्ने यदि कसैले सोचेको छ भने त्यो दुर्भाग्यपूर्ण हुने चेतावनी दिनुभयो ।

आमसभालाई नेताहरु नाथु प्रसाद चौधरी, डा. प्रवीण मिश्र, देवेन्द्र पौडेल, डा. रामकेवल शाह, राम कुमार शर्मा, गंगा नारायण श्रेष्ठ, मनु हुमागाईंलगायतका नेताहरुले सम्बोधन गरेका थिए । नेताहरुले चुनावका लागि संविधान संशोधनमार्फत सबै समुदाय, जाति, भाषा, धर्म र सम्प्रदायले भागलिने परिस्थितिको सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
सभामा महिलाहरुको उपस्थिति अझै बढी देखिन्थ्यो । गाउँगाउँबाट आएका महिलाहरुको ताँतीले मधेशी समुदायमा अधिकारप्रतिको चेतना बढ्दै गएको महशुस गर्न सकिन्थ्यो । 
१० गते साँझ रौतहटको चन्द्रनिगाहपुरमा विशाल आमसभा सम्पन्न भयो । आमसभामा हजारौं जनताको सहभागिता रहेको थियो । एमालेले आफ्नो अभियान स्थगित गरेको २ नम्बर प्रदेशमा नयाँ शक्तिले दुई दिनमा तीनवटा विशाल आमसभाको आयोजना गरेको थियो । मूलतः मधेशकेन्द्रीत ती आमसभाहरुमा मधेशी, थारुलगायत सबै समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । सभामा महिलाहरुको उपस्थिति अझै बढी देखिन्थ्यो । गाउँगाउँबाट आएका महिलाहरुको ताँतीले मधेशी समुदायमा अधिकारप्रतिको चेतना बढ्दै गएको महशुस गर्न सकिन्थ्यो ।

चन्द्रनिगाहपुरको सभापश्चात् रुपन्देहीको भैरहवामा चैत ११ गते आमसभा सम्पन्न भयो । भैरहवाको आमसभालाई सम्बोधन गर्दै संयोजक भट्टराईले २५०० वर्ष अघि गौतमबुद्धले विश्वलाई एउटा सन्देश दिएको स्मरण गर्दै २१ औं शताब्दीमा नयाँ शक्तिले विकास र समृद्धिको त्यस्तै अर्को सन्देश दिन खोजेको बताउँदै समृद्ध नेपालको सपना कुनै काल्पनिक सपना नभएर वास्तविक रुपमा आफ्नै जीवनकालमा पूरा गरिने सपना भएको बताउनुभयो ।

आमसभालाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीकी एकमात्र सांसद् गंगा चौधरीले उत्पीडित वर्ग समुदायका मानिसलाई जबसम्म संविधानले सम्मान गर्न सक्दैन यो देशमा समृद्धि संभव नहुने बताउनुभयो । अझै पनि शासकहरुले दास र कम्लरी बनाउन खोजेकोप्रति कडा टिप्पणी गर्दै उहाँले भन्नुभयो – ‘हामी २१ औं शताब्दीको नागरिक हौं, हामी अब कसैको दास र कम्लरी बन्न चाहँदैनौं, त्यसैको विरुद्ध मधेश थरुहठ आन्दोलनको उठान भएको हो ।’

अर्का नेता राम कुमार शर्माले सबै समस्या समाधानका लागि एउटा महागठबन्धन बन्नुपर्ने र एउटा एकीकृत संघर्ष समिति बनेर लाखौं जनताको सहभागितामा आन्दोलनलाई उत्कर्षमा पुर्याउन आवश्यक रहेको बताउनुभयो । त्यसैगरी महेन्द्र पासवानले देश अहिले ठूलो संकटको अवस्थाबाट गुज्रिरहेकोले वर्तमान राजनीतिक जटिलताको अन्त्य आवश्यक रहेको बताउनुभयो । आमसभालाई सम्बोधन गर्दै नेता मुक्ति प्रधानले मुलुक अहिले संकटको घडीमा रहेको बताउँदै अपूर्ण रहेको संविधान पूर्ण हुनेपर्ने बताउनुभयो ।
त्यसैगरी महिला नेतृ सबिना अर्यालले सम्बोधन गर्दै नेपाल अनेकतामा एकता रहेको देश भएकोले यहाँका विभिन्न थरीका भेषभुषा, भाषा र संस्कृति हाम्रो पूँजी भएको बताउँदै त्यो पूँजीको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । सभालाई भाइराजा पाण्डे, दान बहादुर चौधरी, यानिक राना, ब्रज किशोर यादव, अब्दुल मोबिनलगायतले सम्बोधन गर्दै देशले देशमा आर्थिक समृद्धि हालिस गर्नका लागि अब नयाँ शक्तिले नयाँ दृष्टिकोण र भिजनसहित नेतृत्व गर्ने बताएका थिए ।
भैरहवाको आमसभापश्चात् १२ गते बाँकेको कोहलपुरमा आमसभा सम्पन्न भयो । कोहलपुरको सभालाई सम्बोधन गर्दै संयोजक डा. भट्टराईले राजनीतिक बेइमानी र ठगहरुले झुक्याएर भ्रममा पारेको बताउँदै त्यो भ्रमलाई चिरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
चैतको चर्को घामको कुनै पर्वाह नगरी उत्सुकताका उपस्थित जनसमुदायमा नयाँ शक्तिप्रति निकै उत्साह र आकर्षणको भाव देखिन्थ्यो । कार्यक्रममा स्थानीय कलाकार तथा नयाँ शक्ति आवद्ध समृद्धि सांस्कृतिक समूहका कलाकारहरुले विभिन्न मधेशी, भोजपुरी, थारु समुदायका सांस्कृतिक प्रस्तुति दिएका थिए ।
भैरहवाको आमसभापश्चात् १२ गते बाँकेको कोहलपुरमा आमसभा सम्पन्न भयो । कोहलपुरको सभालाई सम्बोधन गर्दै संयोजक डा. भट्टराईले राजनीतिक बेइमानी र ठगहरुले झुक्याएर भ्रममा पारेको बताउँदै त्यो भ्रमलाई चिरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सबै मिलेर यो देश बनाएकोले यसमा सबैको हक बराबरी भएको बताउनुभयो र यो देश इन्द्रेणी राष्टवाद भएको उल्लेख गर्नुभयो ।

आमसभालाई नेताहरु रामकुमार शर्मा, महेन्द्र पासवान, देवेन्द्र पौडेल, परशुराम खापुङ, नवराज सुवेदी, केशव दाहाल, हिसिला यमी, गंगा चौधरीलगायतले सम्बोधन गर्दै नयाँ शक्तिको जारी अभियानलाई हिमाल, पहाड, तराई–मधेश–थरुहटका मान्छेको मन र मुटु जोड्ने अभियान भएको बताए । नेताहरुले पृथ्वीनारायण शाहले भूगोलको एकीकरण गरेको तर यहाँका जनताको मन र भावनाको एकीकरण अहिलेको आवश्यकता रहेको तर्क गर्दै यो देशको राष्ट्रिय एकता र समृद्धिको लागि सबै सँगै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

कोहलपुरको सभापश्चात् १३ गते कैलालीको धनगढीमा अभियानको समापन आमसभा गरेर नयाँ शक्तिले आफ्नो पहिलो चरणको मधेश मिसन पूरा गरेको छ । अभियानकै क्रममा सिरहाको लाहानदेखि कैलालीको धनगढीसम्म पुग्दा र मधेशका केही गाउँहरु डुल्दा थाहा लाग्ने तथ्य के हो भने मधेशका जनतामा एक खालको चेतना पैदा भएको छ, उनीहरु राज्यले अन्याय गरेकोमा एकमत छन् । तर, त्यो अन्याय कस्तो हो ? अनि कसरी न्याय मिल्छ ? त्यसमा भने सुस्पष्टता छैन । उनीहरुले मधेशवादी दलहरुलाई पूर्ण रुपमा भरोसा गर्न सकेका छैनन् । संघर्षको लागि मधेशी समुदाय सधैं तयार नै दखिन्छन् तर, पटकपटकको संघर्षबाट पनि उनीहरुले आफ्नो अधिकार संविधानमा सुनिश्चित गर्न नसक्दा मधेशको अन्यौलतामा कतै विखण्डनकारी सोंच हावी हुने त होइन भन्ने आशंका पनि बढ्दै गएको देखिन्छ । अर्कोतिर काठमाण्डू जहिल्यै मधेशलाई उपेक्षाको दृष्टिले हेरिरहेको छ, यता मधेशका जनतामा भने विस्तारै सत्ता र राज्यप्रति निरपेक्ष भावना पैदा भइरहेको देखिन्छ र यसले पृथकतावादी सोंचतिर आकर्षण पैदा गर्ने खतरालाई संकेत गर्दछ ।

अझ गम्भीर कुरा त के छ भने मधेशमै त्यहींको वैधानिक राजनीतिक पार्टीले कुनै कार्यक्रम आयोजना गर्दा केही सयको संख्यामा मानिसहरुको उपस्थिति देखिन्छ भने खुल्ला रुपमा स्वतन्त्र मधेशको वकालत गर्ने सिके राउतले सभा गर्दा हजारौंको संख्यामा मानिसहरुको उपस्थिति हुन्छ, किन ? मधेशका जनतामा किन विखण्डनकारी शक्तिप्रति आकर्षित छन् ? उनीहरुको प्रभाव किन बढ्दै गएको छ ?  किन उनीहरु त्यहींको वैधानिक राजनीतिक दलमा भन्दा विद्रोही शक्तिमा आकर्षण देखिरहेका छन् ? अब काठमाण्डूमा बसेर राष्ट्रियता संकटमा परेको कथा हालेर मात्र हुँदैन । यो मुलुकको राष्ट्रिय अखण्डता र सिंगो देशको एकतालाई बलियो बनाउनको लागि उपेक्षित र उत्पीडित समुदायहरुलाई राज्यले विकर्षित होइन आकर्षित गर्नुपर्छ ।

काठमाडौंमा राष्ट्रियता खतरामा परेको देख्नेहरुले मधेशमा गएर मधेशी समुदायको मनोभावना किन बुझ्न सकेका छैनन् ? हो, मधेशको समस्या समाधान गर्ने हो भने सबैभन्दा पहिले यिनै प्रश्नहरुको हल खोज्नुपर्छ । जसले जे भने पनि अहिलेसम्म हामीले अवलम्बन र आत्मसात गरेको राष्ट्रियता एकल प्रकृतिकै हो । जसमा एउटा खास समुदायले अवलम्बन गर्ने भाषा, धर्म, भेषभुषा, संस्कार र संस्कृतिलाई नै राज्यको मान्यता दिइयो । तर, अब हामी समावेशी, समानुपातिक अनि सहभागितामूलक लोकतन्त्रको कुरा गरिरहेका छौं भने यो देशको जातीय, धार्मिक, भाषीक, सांस्कृतिक अनि भौगोलिक विविधतालाई आत्मसात गरेर सामेली प्रकारको इन्द्रेणी राष्ट्रवादको प्रवद्र्धन गर्नैपर्दछ ।

नयाँ शक्तिको ‘हिमाल, पहाड, तराई–मधेश’ भनिएको अभियान किन मधेश केन्द्रीत ? कतिपय परिचित तथा अपरिचित साथीहरुको जिज्ञासा थियो । पक्कै पनि नयाँ शक्तिको हिमाल, पहाड, तराई–मधेश एकीकृत राष्ट्रिय एकता अभियानको पहिलो चरण मधेश मिशन हो, अर्को चरणमा पहाड र हिमाली क्षेत्रमा पनि एकता अभियान संचालन गर्नेछ । पहिलो चरणको अभियानका क्रममा नयाँ शक्तिले जसरी एकताको सन्देश प्रवाह गर्न खाजेको हो, अभियानका क्रममा उत्साहपूर्ण देखिएको जनसमुदायको व्यापक उपस्थितिले त्यो सन्देश दिन सफल भएको महशुस भएको छ ।
नयाँ शक्ति नेपाल मासिकमा प्रकाशित स्थलगत रिपाेर्ट
manikar.nibartaman@gmail.com

No comments:

Post a Comment

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...