त्यसैले झण्डा फेर्नुपर्छ....

आफूलाई प्रकाण्ड विद्धान मान्ने कतिपय कथित बुद्धिजिवी, लेखक तथा राजनीतिक कर्मीहरुले यो झण्डाले मुलुकलाई एकताको शुत्रमा बाँधेको र पृथ्वीनारायण शाहले नेपालको कथित एकीकरण गर्ने सिलसिलामा यस झण्डालाई फहराएको हुँदा यो ध्वजालाई नै एकताको प्रतीक भएकोले यसलाई कुनैपनि हालतमा परिवर्तन गर्न नहुने तर्क अघि सारेका छन् । तर उनीहरुको यो विचार र अभिव्यक्ति त्यत्ति वैज्ञानिक र वस्तुसंगत देखिँदैन । एकपटक प्रयोग भएको वस्तु, चीज, संस्कृति र परम्परालाई कदापी परिवर्तन गर्नुहुन्न भन्ने मान्यताबाट ग्रसित यो विचारले संघीय गणतन्त्र नेपालको झल्को दिन सक्तैन । निश्चित रुपमा यो झण्डाले नेपालको धार्मिक, सांस्कृतिक परम्परा त बोकेको होला तर यसले बढी भन्दाबढी निरंकुश राजतन्त्रको गाथा नै गाएको इतिहास छ । चन्द्र र र्सर्ूयवंशी राजाहरुले प्रचलनमा ल्याएको र पछि तत्कालीन राजा पृथ्वीनारायण शाहले आफ्नो विजय यात्राको सम्झनास्वरुप राजतन्त्रलाई दर्ीघजीवन प्रदान गर्ने ध्येयले त्यही ध्वजालाई निरन्तरता दिएका हुन् न कि कुनै अमुक राष्ट्रिय एकताको प्रतीकका रुपमा । यो कसरी पनि पुष्टी हुन्छ भने जसरी पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका भनेर तल्कालीन लठैत इतिहासकारहरुले भ्रम फैलाएका थिए त्यसैगरी झण्डाको बारेमा पनि दरबारमा पालिएका इतिहासकारहरुले 'एकताको प्रतीकको' धोती ओढाइदिएका मात्र हुन् । र् वर्तमान राष्ट्रिय झण्डाले राजनीतिक परिवर्तनलाई पटक्कै सम्बोधन गर्दैन । यसले केवल सांस्कृतिक र धार्मिक महत्व मात्र बोकेको छ, त्यो पनि मात्र हिन्दू धर्म र संस्कृतिको अनि गाथा गाएको छ त केवल भद्दा निरंकुश राजतन्त्रको । कतिपय धार्मिक पण्डाहरुले यसलाई कथित आर्यहरुको पुरातात्विक सम्पदाको रुपमा पनि लिने गरेका छन् । त्यसकारण अहिलेको राष्ट्रिय झण्डाले नेपालीहरुलाई एकताको मालामा उन्छ भन्नु शाहवंशीय परम्पराको गुनगान गाउन खरीद गरिएका लठैत इतिहासकारहरुले फैलाएको भ्रम मात्रै हो । यो फगत आफ्नो गुनगान गाउन प्रचलनमा ल्याइएको ध्वजा मात्र हो । किनकि यसको निर्माणसँग श्रमजीवी नेपाली जनताको गोरु बेचेको साइनो छैन । समयको अन्तरालसँगै त्यसलाई दरवार निकटका इतिहासकारहरुले नुनको सोझो गर्न एकताको प्रतीकको धोती ओढाएका मात्र हुन् । र कतिपय मानिसहरु आज त्यही धोतीमा गुटुमुटु पर्दै यसलाई चलाउन हुन्न भनी पारम्परिक सोच र सामन्ती चरित्रको पर््रदर्शन गरिरहेका छन् भने अर्कोतर्फपरिवर्तनका संवाहक शोषित, पीडित, सीमांकृत, दलित, जनजातिहरु वर्तमान झण्डाले आफूहरुलाई समेट्न नसकेको भन्दै सो फर्ेर्नुपर्ने माग गरिरहेका छन् । यर्सथ, अब यो झण्डालाई व्यापक परिमार्जनसहित न्यायप्रमी जनताको ढुकढुकीमा बसाल्नु पर्छ ताकी जनताको परिवर्तन र अग्रगमनको चाहनालाई झण्डाले पनि प्रतिबिम्बित गरोस् । मनिकर निवर्तमान

No comments:

Post a Comment

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...