आन्दोलनको कुरा .....


राजनीतिक सहमतिको लामो कसरत पछि अन्ततः एकीकृत नेकपा माओवादी आन्दोलनमा उत्रिएको छ । कार्तिक १५ गते साँझ मसाल जुलुससहित शङ्खनाद भएको शान्तिपर्ूण्ा आन्दोलनलाई सरकारले भने बक्र दृष्टिले हेरेको देखिन्छ । यो कुरा प्रधानमन्त्री नेपालको निर्देशनमा बसेको सुरक्षा पदाधिकारीहरुको बैठकले माओवादी आन्दोलनलाई हिंसात्मक भएको भनी प्रचार गर्नुले प्रष्ट भएको छ । त्यसमाथि पनि सरकारमा रहेका मन्त्रीहरुको माओवादी आन्दोलनलाई दबाउन सेना परिचालन समेत गर्न सकिने र्सार्वजनिक अभिव्यक्तिले पनि सरकार माओवादी आन्दोलनलाई दबाउन शाही सरकारकै बाटो अवलम्बन गर्न पनि पछि हट्दैन भन्ने आंकलन गर्न सकिन्छ । शान्तिपर्ूण्ा तरिकाले आयोजित दबाबमूलक तथा प्रचारात्मक आन्दोलनलाई हिंसात्मक र अराजक भएको अभिव्यक्ति दिएर सरकारले आफूलाई शाही सरकारकै कोटीमा दर्ज गरेको छ । शान्तिपर्ूण्ा तरिकाले गानाबजानासहित गरिएको आन्दोलनलाई हिंसात्मक देख्ने सरकारी रवैयाबाट षड्यन्त्रको गन्ध नै आउँछ । नत्र सहमतिको रटान दिने सरकारले राजनीतिक गतिरोध अन्त्यका लागि पहल गर्नुपर्ने हो । तर सरकार मौन छ, जस्तो कि मुलुकमा अमनचयन व्याप्त छ, कहीँकतै गडबडी भएकै छैन, र जुन गडबडी जस्तो देखिएको छ त्यो त बस् पानीको फोका मात्रै हो !

No comments:

Post a Comment

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...