सामन्ती सांस्कृतिक चिन्तन

समाज परिवर्तनको महत्वपर्ूण्ा पक्ष हो सही र वैज्ञानिक सांस्कृतिक चिन्तन । तर हामी आज एक्काइशौं शताब्दीको विज्ञान र प्रविधिको युगमा छलाङ्ग मारिरहेका नै किन नहोऔं, हाम्रो चिन्तन शैली अद्योपरान्त उही पुरातन र मूलत सामन्ती नै रही आएको छ । आज पनि हामीले जीवन र जगतका घटना तथा परिघटनाहरुलाई गतिशील र परिवर्तनशील प्रक्रियाको रुपमा बुझ्न सकेका छैनौं फलस्वरुप हरेक वस्तु, घटना र क्रियाकलापको पछाडी तर्क गर्नुको सट्टा अलौकिक र्'इश्वर'को रचनाको रुपमा सहजै स्वीकार गरेर बहसबाट पन्छिने गर्र्छौं । यसले हामीलाई फगत भाग्यावादी र्रर् इश्वरवादी मात्र बनाएको छ । यसरी कुनैपनि वस्तु, घटना र विचारको तार्किक ढंगबाट विश्लेषण गरी कारण र असरहरु खोज्नुको सट्टा त्यसलाई र्'इश्वरको लीला' वा 'भाग्यको खेल' मान्ने आम प्रवृत्तिले यथार्थको रहस्योद्घाटनमा तगारो उत्पन्न भएको छ । भौतिक रुपमा हामीले स्वतन्त्र मानव भै जन्म लिएका छौं । हामीसँग काम गर्ने हात खुट्टाहरु छन् र चन्तन मनन गर्ने मस्तिष्क पनि छ । तर हामीले आफ्नो मस्तिष्क कहिले पनि आफ्नो जीवन-दृष्टि खुट्टयाउनेतर्फपरिचालित गरेनौं । हामीले यसलाई प्रयोग गर्यौं त केवल धर्म, संस्कृति र परम्पराको नाममा सदियौँ देखि चलिआएको रुढीवादी परम्परालाई 'बिरालो बाँध्ने' शैलीमा अंगिकार गरी कथित परम्परा धान्ने काममा । तिनै रुढीवादी आग्रहलाई आफ्नो जीवन-दृष्टि बनाउँदै आउनाले नै आजको विज्ञान र प्रविधिको युगमा पनि हामी ऊँच, नीच, छुवाछुत, धामी झाँक्री, बोक्सी, भूतप्रेत, पिचास आदिमा समय गुजारिरहेका छौं । फलस्वरुप यही हाम्रो सभ्य कहलिएको समाजमा कति हजुरआमा, आमा, दिदी तथा बहिनीहरुलाई कथित बोक्सीको आरोपमा मानव मलमुत्र खुवाई चरम अमानवीय व्यवहार गरिँदैछ । उनीहरुलाई कुटपीट गरी जिउँदै जलाउनेसम्मको क्रुरता पर््रदशन भईरहेको छ तर हामी शिक्षित भनाउँदाहरु अवाक मुकदर्शक बनी थपडी पिटिरहेका छौं । र आफ्नो पाखण्डी कुरालाई साँचो प्रमाणित गर्न 'सत्ते राम राम, धरो धर्म' 'गाईको मासु खाने ....' जस्ता कसम र कीरिया खान्छौं । हाम्रो सत्यताको परिचय यस्तो ढोँगी र नौटंकी हुन्छ । कुनैपनि विचार, वस्तु, घटनाहरुको वस्तुगत र वैज्ञानिक ढंगबाट सोचेर, विचार गरेर निश्कर्षनिकाल्ने परिपाटी भएपो सत्यको रहस्योद्घाटन गर्न सकिन्थ्यो । झुठो, आडम्बरी र पाखण्डी सोच प्रणालीबाट के को सत्यको बोध हुन्थ्यो र -मनिकर कार्की 'निवर्तमान'

No comments:

Post a Comment

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...