विचित्रको सरकार र मन्त्रीहरु ...

हुनत यो सरकार नै विचित्रको छ । विचित्रको सरकारमा विराजमान मन्त्रीहरुबाट बेलाबेलामा विचित्रको आचरण र व्यवहार पर््रदर्शन हुनु अनौठो राजनीतिक संस्कार भएको देशमा नौलो कुरा भने होइन । आफ्नो पदको शान र रवाफ देखाउने क्रममा र्सवप्रथम कृषि राज्यमन्त्री करिमा बेगमले आफ्नो जिल्ला भ्रमण गर्नेक्रममा पुरानो गाडी उपलब्ध गराएको भन्दै पर्सर्ााजल्लाका प्र.जि.अ.लाई गालामा चड्कन हानिन् । निरीह सरकारले गठबन्धन धरापमा पर्ने डरले राज्यमन्त्रीलाई कारबाही गर्न सकेन । त्यसैगरी सिंगापुर गएर विश्वकै महंगो होटलमा विलासीपर्ूवक बसेर विश्वकै महंगो कार भाडामा लिएर सयर गर्दै हिंडेकी उपप्रधानमन्त्री सुजाता कोइरालाले अहिले मध्यपश्चिम नेपालको भ्रमणका क्रममा बाँकेको कोहलपुरमा हेलिकोप्टर रोकी कोहलपुर अस्पतालका विरामीहरुलाई फलफूल बाँडिन् । उनले ६ सयको फलफूल बाँड्न एक घन्टाभन्दा बढी समयसम्मको लागि हेलिकोप्टरलाई कुर्राईन् विनाकारण हेलिकोप्टर बस्दा थप लाखौं रुपैयाको आर्थिक भार परेको छ मुलुकलाई । व्यक्तिगत रवाफ र ठाँटको लागि मुलुकको ढुकुटी रित्याउने क्रममा उनी नम्बर वान देखिइन् । उनको यो बहुलठ्ठी पर्ूण्ा कदम आफ्नै पार्टर्ीीत्र पनि आलोच्य भयो । अनौठो कार्य गर्ने शिलशिलालाई निरन्तरता दिंदै शासकीय स्वरुप निर्धारण समितिको बैठकले गरेको निर्ण्र्ाा्रति खोसेर च्यात्नखोजे ऊर्जामन्त्री प्रकाशशरण महतले । उनको यो दादागिरीले उनको अधर्ेर्ैयता र असहनशीलता मात्र झल्केन परन्तु उनी आफूअनुकुलको निर्ण्र्ााहुन सकेन भने कतिसम्म निकृष्ट व्यवहार पर््रदर्शन गर्छन् भन्ने पनि उजागर भएको छ । आखिर विचित्रको गठबन्धनमा गएकाहरुले गर्ने काम यस्तैयस्तै नै त रहेछ .... आखिर सबै लुट्न गएका न हुन् .....

No comments:

Post a Comment

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...