आफ्नै कुरा

स्तम्भ लेखनको विषयमा कुरा चल्दै गर्दा एकदिन लेखक तथा कथाकार गुरुदत्त ज्ञवालीले ‘स्तम्भ लेख्दा कहिलेकाहीं सहज रुपमा विषयवस्तु सुझेन भने अनौपचारिक ढंगबाट आफ्नै कुरा लेख्दा पनि हुन्छ’ भन्ने कुरा गर्नुभएको थियो । उहा“को उक्त भनाई सापट लिने हो भने स्तम्भकारलाई कहिलेकाहीं विषयवस्तुलाई अनौपचारिक ढंगबाट उठान र बैठान गर्ने छुट रहन्छ, जुन छुट सामान्यतया अन्य लेखहरुमा हु“दैन । समयान्तरमा के लेख्ने भनेर सोच्दै गर्दा मलाई झट्ट यिनै कुराहरुको याद आयो । यसर्थ, यसपालीको समयान्तरमा आफ्नै कुरा लेख्ने योजना बुनेको छु । यद्यपि विद्वान पाठकवर्गलाई आफ्ना नीजि कुरा लेखेर हैरान पार्नेछैन । आजको यस पंक्तिमा यसै स्तम्भकारको हालै प्रकाशित ‘वैकल्पिक अर्थतन्त्र’ नामक पुस्तकको सचनागर्भदेखि विमोचनसम्मका केही प्रसङ्गहरुलाई आजको स्तम्भ बनाउने धृष्टता गरेको छु ।

एकदिन सैनामैना पत्रिकाको कार्यालयमा पं. बाबुराम भट्टराई, गुरुदत्त ज्ञवाली तथा यो पंक्तिकार कुनै पुस्तकको बारेमा चर्चा गर्दैथियौं । शायद निर्माण व्यवसायी विष्णु शर्माको ‘समुन्नत समृद्ध नया“ नेपाल निर्माण गर्न कस्तो नियम बनाउनुपर्छ’ शीर्षकको पुस्तक नै हुनुपर्छ । उक्त पुस्तकमा लेखकले मूर्त रुपले सबैले गर्नुपर्ने कामको बारेमा छोटकरी चर्चा गरेका छन् । लेखकले पुस्तकमा प्रतिक्रियाको चाङमै रमाइरहेको वर्तमान युवापुस्तालाईसमेत चुनौती दिने शैलीमा त्यसो गरे राम्रो हुन्थ्यो भन्ने अमूर्त कुराहरु गरेर प्रतिक्रियाकै सगरमाथा खडा गर्नुको साटो समस्या समाधानका लागि रचनात्मक सोंचको विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । जुन पुस्तकको मैले समीक्षा पनि लेखेको थिए“ ।


पुस्तककै चर्चा हु“दै गर्दा गुरुदत्त ज्ञवाली ‘बोक्सिनी आमा’ कथा संग्रहको तयारीमा हुनुहुन्थ्यो भने स्वयं पण्डितजी पनि बौद्ध दर्शनसम्बन्धी पुस्तक लेख्ने सोंचमै हुनुहुन्थ्यो । त्यत्तिकैमा मैले आफ्ना विगतमा लेखिएका अर्थराजनीतिक आलेखहरुलाई पुर्नलेखन गरेर पुस्ताककार रुपमा प्रकाशित गर्दा कसो होला भन्ने कुरा राखें । मेरो कुरालाई उहा“हरुले उत्साहका साथ समर्थन गर्नुभयो । त्यसपछि मैले आफ्ना पुराना लेखहरु छनोट गर्न थ्ँँलें । झण्डै दुई साताजति त्यत्तिकै बित्यो । पुस्तक प्रकाशन गर्ने कुरा दोस्रो चरणमा यसै दैनिकका प्रधानसम्पादक बालकृष्ण चापागाईं, डीआर घिमिरे, ऋषि आजादलाई सुनाए“, उहा“हरुले पनि हौसला दिनुभयो । अनि त पुस्तक प्रकाशन गर्ने भूत चढि गयो ।

पहिलो चरणमा ३६ वटा आलेखहरु छनौट गरें । ती सबै आलेखहरुलाई पुर्नलेखन गर्ने क्रममा २५ वटा प्रकाशनका लागि योग्य ठहरिए । त्यसपछि गम्भीर पुर्नलेखनको प्रक्रिया सुरु भयो । पुर्नलेखन असाध्यै झण्झटिलो हुने रहेछ । कतिपटक त पुस्तक छाप्ने कुरै छाडिदिउ“ कि जस्तो पनि भयो । आलेखमा सन्दर्भहरुलाई परिवर्तन गर्ने तथ्य र तथ्याङ्क अपडेट गर्ने, सन्दर्भ सामग्रीहरु थप गर्ने जस्ता कुराहरु निकै झण्झटिलो लाग्यो । तैपनि सुस्तसुस्त गर्दै दुई महिनाको समयमा पुस्तकको पहिलो पाण्डुलिपी तयार भयो । यसरी सुरु भएको पुस्तक प्रकाशनको प्रक्रियाले झण्डै चार महिनाको यात्रा तय गर्दै यहा“हरु समक्ष सार्वजनिक भएको छ ।

विमोचनको दिनसम्म आफूले थालेको पहिलो प्रयास स्वीकार्य हुने हो कि होइन भन्ने खृुल्दुली भइरहेको थियो । मेरो प्रयास कतै खेर जाने त होइन भन्ने डर पनि कायमै थियो । यद्यपि आफ्नो कामप्रति थोरै भएपनि विश्वास भने थियो नै । मुलुकको अर्थराजनीतिलाई केलाउने जमर्को गरिएको हु“दा मेरो यो पहिलो कर्म स्वीकार्य हुने विश्वास लिएरै बसेको थिए“ । त्यसो त अहिलेको युग भनेको आर्थिक समृद्धिकै युग हो । हामीले पछिल्लो समयमा देखिएका विश्व राजनीतिका परिघटनाहरुलाई नियाल्दा पनि विश्व राजनीतिमा ‘वाद’ र ‘सिद्धान्त’ कम तर अर्थतन्त्र अर्थात् अर्थराजनीति बढी भेटिन्छ । एउटा देशले अर्को देशलाई हेर्ने दृष्टिकोण र उसले गर्ने व्यवहारमा पनि ‘अर्थराजनीति’ नै दृष्टिगोचर हुन्छ । खासगरी पू“जीवादी देशहरुले आफ्ना छिमेकी तथा विश्वका अन्य मुलुकहरुलाई हेर्ने दृष्टिकोण मूलतः आफ्ना उत्पादनहरुका लागि उपयुक्त बजार नै मुख्य हुने गरेको छ । अनि ती देशहरुमा पाइने प्राकृतिक तथा अन्य स्रोत र साधनको उपलब्धता नै मुख्य विषय हुने गरेको छ । ब्रिटिश साम्राज्यको सुरुवाती कालखण्डहरुबाट नै यो दृष्टिकोणको निरन्तरता हामी पाउ“छौं ।

यसर्थ, राजनीतिक रुपान्तरणको प्रक्रियास“गै आर्थिक विकासको पर्खाइमा रहेको हाम्रो जस्तो अतिकम विकासशील मुलुकका लागि आर्थिक मुद्दा निकै प्राथमिकतामा रहने स्पष्टै छ । अनि जब हामी आर्थिक रुपान्तरण र उत्पादनको कुरा गर्दछौं त्यहा“ अवश्यंभावी रुपमा राजनीतिले मुख्य भूमिका निर्वाह गरेको हुन्छ । यसर्थ, हाम्रो जस्तो अविकसित मुलुकमा अर्थराजनीतिले निकै महत्व राखेको हुन्छ । यसै पृष्ठभूमिमा रहेर हालै यस स्तम्भकारको ‘वैकल्पिक अर्थतन्त्र’ नामको अर्थराजनीतिक आलेखहरुको संग्रह सार्वजनिक भएको छ । अब मुलुकको तीव्रत्तर विकास र समृद्धिका लागि आर्थिक एजेण्डाहरूमा बहस केन्द्रित गर्नुपर्ने मान्यताका साथ यो पुस्तक प्रकाशत गरिएको हो ।

एउटा सामान्य नागरिकले पनि मुलुकको अर्थतन्त्र कसरी सञ्चालन भइरहेको छ ? यसका अवयवहरू केके हुन् ? अनि मुलुकको राजनीतिक र अर्थतन्त्रबीच कस्तो सम्बन्ध रहेको हुन्छ ? मुलुकको विकास र समृद्धिका लागि कस्तो प्रकारको विकासको मोडल अपनाउनुपर्छ ? जस्ता विषयहरुको जानकारी राख्नुपर्दछ । जसरी अहिले मुलुकको राजनीति सबैको चासोको विषय बनिरहेको छ । अर्थात् अब हरेक व्यक्ति राजनीतिक रुपले सजग छ र उनीहरुमा उच्च राजनीतिक जागरण पैदा भएको छ । त्यसैगरी अर्थतन्त्रका सामान्य अवयवहरुको बारेमा पनि व्यक्ति जानकार रहनुपर्छ । कम्तीमा पनि मुलुकको आर्थिक प्रणाली र त्यसका अन्तरवस्तुहरुको बारेमा सामान्य हेक्का रहनुपर्छ भन्ने हेतुले मैले मुलुकको समकालीन अर्थराजनीतिलाई सामान्य मानिसको आ“खाबाट चियाउने प्रयास स्वरुप यो पुस्तक तयार गरेको छु । आम रुपमा जनसाधारणको आ“खाले अर्थतन्त्रको आ“खीझ्यालबाट मुलुक र समग्र विश्वकै अर्थराजनीति बुझ्ने सामग्रीको रुपमा यो पुस्तक फलदायी हुने अपेक्षाका साथ यो पुस्तक तयार पारेको छु । जसमा नेपालको समकालिन अर्थराजनीति एवं बजार व्यवस्थाबारे जानकारी समेटिएको छ ।

पुस्तकमा २५ वटा आलेखहरुलाई संग्रहित गरिएको छ । ती आलेखहरुलाई विभिन्न चार खण्डहरुमा विभक्त गरिएको छ । पहिलो खण्डमा मुलुकको अर्थराजनीतिस“ग सम्बन्धित लेखहरू समावेश गरिएको छ । यसमा मुलुकको अर्थराजनीतिक अवस्थाको चित्रण गर्ने जमर्को गरिएको छ । दोस्रो खण्डमा बैंकिङ्ग, वित्त तथा कृषि अर्थतन्त्रस“ग सम्बन्धित आलेखहरू समावेश गरिएको छ । यो खण्डमा समावेश गरिएका आलेखहरुमा नेपालको आधुनिक बैंकिङ्गका संभावना र चुनौति तथा वित्तीय पहु“चको बारेमा चर्चा गरिएको छ । तेस्रो खण्ड ऊर्जा तथा पूर्वाधार विकासस“ग सम्बन्धित रहेको छ । यसमा अहिलेसम्म पनि मुलुकको पूर्वाधार विकासका लागि राज्यले एकीकृत योजना ल्याउन नसक्दा र विकासलाई जहिल्यै पनि हामीले खुद्रा रुपमा ग्रहण गर्दा मुलुकको विकास हुन नसकेको देखिन्छ । चौथो खण्ड अन्तर्गत वैकल्पिक अर्थतन्त्र र यसका अवयवहरूको बारेमा विस्तृत विवेचना गरिएको छ । यस खण्डमा समावेश गरिएका रचनाहरुले पू“जीवादले गरेको विकासस“गै पछिल्लो चरणमा पू“जीवादमा देखिएको संकट र यसले माग गरेको नया“ मार्गलाई बहसमा ल्याउने चेष्टा गरिएको छ ।

मूलतः यिनै विषयवस्तुहरुभित्र रहेर यो पुस्तक प्रकाशित गरेको छु । जसै विमोचन कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो, एक ढंगबाट ससानो लडाईं नै जितेजस्तो अनुभूति पनि भएको छ । विमोचन कार्यक्रममा बोल्ने वक्ताहरुबाट प्राप्त रचनात्मक सुझाव सल्लाह र टिप्पणीले असीम ऊर्जा प्राप्त भएको अनुभूति भएको छ । कार्यक्रममा बोलेर तथा उपस्थित भएर हौसल्ला र ऊर्जा दिनुहुने डा. इश्वर गौतम, केशवराज आचार्य, पं. बाबुराम भट्टराई, डा. आरसी आचार्य, बैकुण्ठ पाण्डे, महेशमान सिंह, ऋषि आजाद, बालकृष्ण चापागाईं, अर्जुन ज्ञवाली, दीपक ज्ञवाली, डा. बाबुराम ज्ञवाली, गुरुदत्त ज्ञवाली, जगत पोखरेल, एजाज आलम, पदम श्रेष्ठ, खिम नारायण पराजुली, रीमा बीसी, डा. माधव पन्थी, गणेश उचैं, सुमन अधिकारीलगायत उपस्थित सम्पूर्ण महानुभावहरुप्रति आभारी छु ।

No comments:

Post a Comment

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...