Manikar Karki Nibartaman Book Releaseवैकल्पिक अर्थतन्त्रको विमोचन

बुटवल, ११ भदौ ।
समसामयिक तथा अर्थराजनीतिक विषयवस्तुमा अखबारी लेखन गर्दै आएका युवा मनिकर कार्की ‘निवर्तमान’को अर्थतन्त्रबारे विश्लेषणात्मक पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ बजारमा आएको छ । रामेछाप जिल्लामा जन्मिएर बुटवललाई कर्मथलो बनाएका कार्कीको वैकल्पिक अर्थतन्त्रको बुधबार बुटवलमा विमोचन गरिएको छ ।
एक कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालयका सिनेटर एवं पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष तथा लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख डा. इश्वर गौतम र नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक तथा पश्चिमाञ्चल डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख केशवराज आचार्यले संयुक्त रुपमा पुस्तक विमोचन गर्नुभयो । विमोचनपछि कार्यक्रममा बोल्दै सिनेटर गौतमले आर्थिक मुद्दाहरुमा केन्द्रीत रहेर प्रकाशित भएको पुस्तकले आगामी दिनहरुमा आर्थिक विषयहरुमा बहस र छलफल चलाउन मार्ग प्रशस्त गरेको बताउनुभयो । अब लेखक तथा पत्रकारहरुले आर्थिक क्षेत्रमा कलम चलाउनुपर्ने आवश्यकता औंल्याउ“दै युवा पुस्ताले आर्थिक विषयमा ज्ञान राख्न र यसबारेमा विश्लेषण गरी व्यवहारिक कार्यान्वयन गर्न आवश्यक रहेको समेत बताउनुभयो ।



नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक आचार्यले आर्थिक विषयवस्तुको उठान युवाहरुबाट हुनु सान्दर्भिक र दीर्घकालीन हुने र यसले राष्ट्रलाई समेत नयाँ उचाइमा पु¥याउने बताउनुभयो । उहाँले पुस्तकका रुपमा प्रकाशित विश्लेषणात्मक संग्रहलाई आम पाठकका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । पुस्तकका बारेमा समीक्षा गर्दै अर्थशास्त्री डा. आरसी आचार्यले पुस्तकका सबल पक्षको चर्चा गर्दै पुस्तकलाई थप खोजमूलक बनाउनुपर्ने बताउनुभयो । त्यस्तै टिप्पणीकार बैकुण्ठ पाण्डेले पुस्तक अर्थशास्त्रमा रुचि राख्नेहरुका लागि उपयोगी रहेको भन्दै आगामी दिनमा थप खोजमूलक पुस्तक लेखनमा जोड दिन सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै बुटवल मिडिया प्रकाशन प्रा. लि. का अध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष महेशमान सिंहले पुस्तक प्रकाशनले मिडिया र आर्थिक विषयसँग जोडिएका सबै क्षेत्रमा नयाँ आयाम थपेको बताउनुभयो । पुस्तकका लेखक मनिकर कार्कीले पहिलो कृतिको रुपमा आफूले सिर्जना गरेको पुस्तकमा देखिएका सबल र दुर्बल पक्षमा भनाई राख्नेहरु प्रति आभार प्रकट गर्दै कमीकमजोरीलाई सुधार गर्दै लैजाने बताउनुभयो ।
प्रेस स्वतन्त्रता सेनानी पंडित बाबुराम भट्टराईको अध्यक्षता, प्रकाशक सुमित्रा अधिकारीको स्वागत र ऋषि आजादको सञ्चालनमा भएको कार्यक्रममा दैनिक पत्र दैनिकका प्रधान सम्पादक बालकृष्ण चापागाइँ, प्रेस स्वतन्त्रता सेनानी अर्जुन
ज्ञवाली, पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दीपक ज्ञवाली, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाज आलम, रुपन्देही व्यापार संघका द्वितिय उपाध्यक्ष पदम श्रेष्ठ, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलका अध्यक्ष खिम नारायण पराजुली, डा. बाबुराम ज्ञवाली, जगत पोखरेल, गुरुदत्त ज्ञवाली, रिमा बिसी लगायतले बोल्नुभएको थियो ।

पुस्तक परिचयः
पुस्तकः वैकल्पिक अर्थतन्त्र
विधाः आलेख (अर्थराजनीति)
लेखकः मनिकर कार्की निवर्तमान
प्रकाशकः सुमित्रा अधिकारी
पृष्ठ संख्याः १८४
मूल्य रु. ३००।–

















पुस्तक पलसहरुमा उपलब्ध छ ।

No comments:

Post a Comment

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...