नयाँ वर्षको शुभकामना !

 ...नयाँ वर्षआएको छ
फेरि एकचोटि
भित्ताको नयाँ क्यालेन्डरमा
आफ्नो जीवनको भिसा
झुन्ड्याउनु छ
फेरि एकचोटि
संगीसाथीहरुको सूचि
बनाउनु छ
फेरि एकचोटि
भयानक बमहरु बोकेर,
उडिरहेका हवाईजहाज
र रकेटमुनि बसेर
लेख्नु छ प्रियजनहरुको नाममा
सफलता, शान्ति र दर्ीघायुको
शुभकामना-पत्र
                             -भूपी शेरचन



हो, भूपी शेरचनले यी पंक्तिहरुमा भनेझैं फेरि एकपटक नयाँ वर्षआइपुगेको छ । हरेक वर्षनयाँ हु“दै, जीवनको 'भिसा' छोट्याउँदै आउने त्यही पुरानो 'नयाँ वर्षको एकपटक फेरि नयाँ शुभकामना । जसरी तस्बिरमा डुब्दै गरेको र्सर्ूय फेरि भोलि नयाँ भएर उदाउने छ, त्यसैगरी जीवनका पुराना यथार्थहरु पनि डुबेर फेरि नयाँ अवतारमा आउनेछन् । नयाँ वर्षो शुभकामना !
(सल्यानको निगालपानीबाट देखिएको सर्ूयास्तको दृष्य । तस्बिरः मनिकर कार्की निवर्तमान)

No comments:

Post a Comment

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...