प्रसव पीडामा छट्पटिएकी मेरी आमा
एउटा सुनौलो भविष्यको प्रतिक्षामा
हात ंपिmजाई चिच्याइरहेछिन्
तर दुष्ट जल्लादहरु, संगीन घोचिरहेछन् उनको कोमल देहमा
थियो त खाँचो केवल एक जोडी सुँडेनी हातहरुको
जसले स्वस्थ शिशु निकालिदेओस्
तर दुष्ट जल्लादहरु,
निचोरिरहेछन् मेरी आमालाई आफ्ना खुनी पञ्जाहरुले
भकुरिरहेछन् उनलाई आफ्ना रक्तरञ्जित बुटहरुले
उनी चाहन्थिन्
उनको नवजात शिशुले
हटाओस् अन्धकार सबै
बालोस् नयाँ क्रान्तिको ज्योति
र
मुक्त गरोस् लाखौँ आमाहरुलाई दासताको जञ्जीरबाट
तर दुष्ट जल्लादहरु,
चाहन्छन् त्यो नवजात शिशुको भ्रुणनै सखाप पार्न
रक्त पिपाशु हातहरुले कत्लेआम गरी
परिवर्तन र अग्रगमनलाई रोक्न
त्यसैले उनीहरु,
मेरी आमाको सुकोमल अंगमा
संगीनका तीरहरु रोपिरहेछन्
ताकि उनको गर्भ नै तुहियोस् ।
Subscribe to:
Post Comments (Atom)
प्रादेशिक बजेटको शल्यक्रिया
मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...
-
मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...
-
मनिकर कार्की निवर्तमान जब घुमफिरको कुरा आउँछ, एउटा पुरानो गीत सम्झन्छु – ‘बुढापाकाहरु भन्थे नि लै लै, हिंडेदेखि छेउ लाग्छ बसे लेउ लाग...
-
मनिकर कार्की निवर्तमान अहिले देशको मौसमी विवरण अनि राजनीतिक बजार उस्तैउस्तै छ । गृष्मको आगमन हुँदै गर्दा प्रिमनसुन लामै समय अडिएकाले मौस...
No comments:
Post a Comment